थप १ हजार ७६० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु , निको कति भए ?

काठमाडौं, भदौ ३० । बितेको २४ घण्टामा देशभर थप १ हजार ७६० जनामा कोरोना पुष्टि भएको छ । १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै सोहि अवधिमा मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

यस्तै आज काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ जना रहेको छ ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ५१२ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार ६९० रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ४५३ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्