दैलेख शिक्षक हत्या प्रकरणः अभियोगमा विद्यालय नजिकैकी एक महिला पक्राउ, हत्या गरेको स्वीकार

काठमाडौं, भदौ ३० । दैलेखका शिक्षकको हत्या अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

गुराँस गाउँपालिका–८ छोटेपोखराका ४२ वर्षीय शिक्षक नगेन्द्रकुमार बिसीको हत्या अभियोगमा विद्यालय नजिकैकी २५ वर्षीया मुना रानालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनी मालिका माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला अगाडि बरण्डामा मृत भेटिएका थिए । उनी सोही विद्यालयका राहत शिक्षक हुन् ।

पक्राउ परेकी महिलाले हत्या गरेको स्वीकार गरेको दैलेख प्रहरीले जनाएको छ । व्यक्तिगत रिसिबीका कारण उनले राति साढे १ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।

घटनास्थलभन्दा करिव ३० मिटर पश्चिममा ती महिलाको घर छ । घटनास्थल लाश जाँच मुचुल्का, घटनास्थलमा भेटिएका सबुत प्रमाण संकलन र खानतलासीबाट बरामद भएका प्रमाणले पनि उनले नै हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ ।

पीडित पक्षबाट जाहेरी लिएर उनीविरुद्ध अनुसन्धान अगाडि बढाएको दैलेखका प्रहरी प्रमुख अनुपराज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्