कलाकार दिनेशले कसे नर्बदासँग लगनगाँठो

काठमाडौँ , ४ असोज । हास्य कलाकार दिनेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । उनले सिन्धुली घर भएकी थापासँग लगनगाँठो कसेका हुन् । दिनेशले नर्बदासँग मागी विवाह गरेका हुन् ।

उनीहरुको विवाह समारोह सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं ४ मा आयोजना भएको थियो । विवाह समारोहमा दुलहा तथा दुलही तर्फका सिमित व्यक्तिहरुको मात्र सहभागिता रहेको थियो ।

सिन्धुली कनपा ८ भिमान निवासी दिनेशले आफनै घरबाट विवाह गरेका हुन् । पार्टी प्यालेसमा धेरै खर्च गरेर विवाहमा गर्नुभन्दा त्यो पैसा सिन्धुलीमा बन्दै गरेको कला घरलाई सहयोग गर्ने उदेश्यले साधारण विवाह गरेको दिनेशले बताए ।

विवाह केही पछाडि गर्ने योजना रहेको थियो’ दिनेशले भने ‘ अपर्झट विवाह भएकोले धेरैलाई पनि समेट्न सकिएन ।’ दिनेश लामो समयदेखि कमेडी कलाकारको रुपमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्