अमेरिकामा कोरोना संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि : एकै हप्ता २ लाख २६ हजारमा संक्रमण पुष्टि

काठमाडौँ , ५ असोज । अमेरिकामा कोभिड–१९ द्वारा संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । सोमबार प्रकाशित आँकडाका अनुसार देशभरीका कोरोना संक्रमितमध्ये लगभग २६ प्रतिशत संक्रमित बालबालिका रहेका छन् ।

द अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स एएपीले दिएको जानकारी अनुसार गत हप्ता २ लाख २५ हजार ९ सय ७८ जना बालबालिका कोरोनाद्वारा संक्रमित भएका छन् । महामारी सुरु भएदेखि बालबालिकामा देखिएको यो संक्रमण दर दोस्रो सर्वाधिक हो ।

यसको अघिल्लो साता २ लाख ४३ हजार ३ सय ७३ बालबालिका संक्रमित भएका थिए जुन हालसम्मकै सर्वाधिक हो ।
कोभिड–१९ को खोप लगाउन नपाएका बालबालिका विद्यालय फर्कन थालेपछि संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको हो । बालबालिकाको खोप हाल अनुसन्धानकै अवस्थामा छ । अहिलेसम्म १२ वर्ष वा सोभन्दा माथिकालाई खोप दिइँदै छ ।

स्वास्थ्य विज्ञ तथा अधिकारीले खोपको विकास नभएसम्म बालबालिकालाई सुरक्षित राख्नुपर्ने कुरामा जोड दिएका छन् ।

‘गर्मी महिनामा बालबालिका संक्रमित हुने संख्यामा कमी देखिएको थियो तर हाल यसमा अत्यधिक वृद्धि देखिएको छ । पछिल्लो चार हप्तामा ९ लाख २५ हजार बालबालिका संक्रमित भइसकेका एएपीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्