भगवान गणेशलाई चढाएको एउटा लड्डु ६५ लाख रुपैयाँमा बिक्री, खास के छ यसमा बिशेषता ? जानुहोस्

काठमाडौं। सुन्दा पनि तपाइलार्ई अच्चम लाग्ला भगवान गणेशलाई चढाएको एउटा लडडु ६५ लाख रुपैयाँमा बिक्री भएको छ । गणेश चतुर्थीका अवसरमा भगवान गणेशलाई चढाइएको लड्डु गणेश चतुर्थीको अन्तिम दिन भएको लिलामीमा यति महंगो मूल्यमा बिक्री भएको हो । यो खबर भारतको हो ।

भारतको हैदराबादको राजेन्द्रनगरको सन सिटीमा किर्ती रिचमण्ड विलामा आइतबार लिलाम बिक्री भएको यो लड्डु ५ किलोको थियो । टाइम्स अफ इण्डियाका अनुसार यो लड्डु लिलामी इतिहासकै सबैभन्दा बढी मूल्यमा बिक्री भएको हो ।

सन सिटीको यो लड्डु स्थानीय रिचमण्ड विलाका एक निवासीले ४१ लाख भारतीय रुपैयाँमा किनेको समाचारमा जनाइएको छ । यो लड्डु किन्नका लागि ८२ जनाले लिलामीमा भाग लिएका थिए । रिचमण्ड विलाजका बासिन्दा अभय देशपाण्डेले टाइम्स अफ इण्डियालाई बताएअनुसार यहाँको लड्डु २०१९ मा १८.७ लाख र २०२० मा २७.३ लाख मा बिक्री भएको थियो । यस्ता थुर्पै अच्चम लाग्दा घटना दिनानुदिन बाहिर आइरहेका हुन्छन् जुन सुन्दा जोकोहि पनि छक्क र अच्चम पर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्