गाईको_महत्व, थाहा पाइराख्नुहोस्

#गाईको_महत्व

हाम्रो संस्कारमा सृष्टिदेखि नै गाईलाई माताको रुपमा पुजिन्छ र गाईको शरीरमा ३३ कोटी देवताको बास हुन्छ भनिएकोछ। सुरभि इन्द्रसँग थिइन् र उनले नित्यपूजा गर्थे। कामधेनु भने समुद्रमन्थन गर्दा प्राप्त भएका १४ रत्नहरूमध्य एक थिइन्। नन्दिनी, पद्मा, कपिला आदि गाईहरू वैदिककालमा पुजनीय थिए। गाईको घिउले हवन गर्दा अपरिमित अक्सिजन उत्पन्न हुने भएकोले यज्ञमा आज्यहोम गरिन्छ। पूर्वीयदर्शनमा “गावो विश्वस्य मातर:” अर्थात गाइ विश्वकी माता हुन् भनिएकोछ।

गाइको ढाडको हड्डीमा सूर्य नाड़ी एवं केतुनाड़ी साथसाथै हुन्छन्। जब #गाई घाममा वनतिर चर्न जान्छिन्, सूर्यको प्रकाश गौमाताको ढाडको हड्डीमा पर्छ र घर्षणद्वारा केरोटिन नामक पदार्थ बन्छ। यसलाई स्वर्णक्षार भनिन्छ। सूर्यको किरणमा पाइने पहेलो रङ्गको स्वर्णक्षार ढाडको हड्डीको चुम्बकीयशक्तिद्वारा शोषित भई शरीरमा सञ्चय हुन्छ, जुन गर्भवति भएपछि दुधमा मिसिएर दुधको रङ्ग हल्का पहेलो हुन्छ। यसैले गाइको दुध पिउनाले मानिसको बुद्धिको तीव्र विकास हुन्छ। ‘तृणं चरन्ती अमृतं क्षरन्ती’ अर्थात घाँस खाएर अमृत छर्ने गाईलाई सृष्टिदेखि नै सम्मान र रक्षा गर्ने हिन्दु परम्परा हो।

यात्रामा निस्कदा गाइको दर्शन भयोभने, यात्रा फलिभूत हुन्छ भन्ने हाम्रो विश्वास रहेकोछ। यस विषयमा अनुसन्धान गर्न जरुरि त छ, तर प्राथमिकतामा परेकोछैन।

प्राचीनकालमा गाई सन्ध्यासमयमा वनबाट चरेर घर फर्कदा धुलो उडाउदै फर्कन्थे। गाइको बथानमा बाच्छा-बाच्छीहरू दगुर्दै आमाको नजिक आउन खोज्ने बहरसाँढेहरूको उन्मादले पनि गाईहरू दगुर्दै धुलाका कणहरू उड्थे। यसरी गाइको खुरबाट उडेको धुलाका कणहरू शिरमा पर्दा सबै तिर्थहरूमा स्नान गरेको फल प्राप्तहुन्छ भन्ने हाम्रो विश्वास छ। यसैले यो समयलाई गोधुलिकाल भनिन्छ र यो काल शुभकार्यकोलागि पवित्र हुन्छ। गाईले गोरू खोजेको बेलामा मुखबाट निकाल्ने शब्द ‘माँ’ हो। धेरैपटक बोल्दा ‘हम्माँ-हम्बाँ’ हुन्छ। यसैले मा(आमा) शब्दको उत्पत्ति गाइको यही आवाजबाट संस्कृत भाषामा आएको हो।

गाइको हिड्ने बाटो, बस्नेगोठ चर्ने गौचरन सबै पवित्र हुन्छन्। यसैले गौ-शालामा बसेर गरिएको यज्ञ हवन, जप-तपको फल सामान्यभन्दा बढिहुन्छ।

बच्चालाई कसैको आँखा लागेर बिरामी भएमा गाईको पुच्छरले हम्किदा ज्वरो आएको पनि सञ्चहुन्छ। यसैले भगवान्-को पूजा गर्दा पनि गाइको पुच्छरले हम्कने(चमर डोलाउने) चलन छ। भागवतमा पुतनाउद्धारको प्रसङ्गमा कृष्णलाई गाइको टाङ्गमुनि छिराएर पुच्छरले नजर उतारेको पाइन्छ।
गाई र मौरीको शरीरमा परेपछि जुनसुकै वस्तु पनि पवित्र हुन्छन्। मौरीले रछानबाट झिकिएको गुलियो पनि उसबाट निस्कने एकप्रकारको रसायनद्वारा सुगन्धित र पवित्र बनाउछ र मधु बन्छ भने गाईले जस्तोसुकै घाँस खाएरपनि सूर्यबाट ग्रहण गरिएको स्वर्णक्षारबाट आफ्नो दुध, गहूँत, गोबर सवैलाई पवित्र र गुणकारी बनउछिन्। यसैले गाईबाट उत्सर्जन हुने गहूँत, गोबर दुबै पवित्र छन्। महाभारतमा
”लक्ष्मीश्च गोमय नित्यं पवित्रा सर्वमङ्गला। गोमयालेपनं तस्मात् कर्तव्यं पाण्डुनन्दन”
भनिएकोछ।

गाईको गोबरले लिपेको स्थान पवित्र(किटाणुरहित) हुन्छ। गहूँत ओषधि हुन्छ। गौ-मूत्रको ओषधीयगुणको बारेमा अथर्ववेद, चरकसंहिता, सश्रुतुसंहिता आदिमा वर्णन गरिएकोछ। कालीगाईको दूध त्रिदोषनाशक एवं सर्वोत्तम हुन्छ। रुसी वैज्ञानिक शिरोविचले गाईको दूधमा रेडियोविकिरणबाट रक्षागर्ने सर्वाधिक शक्ति हुन्छ भनेर बताएका थिए। गाईको दूधमा मानिसलाई चाहिने सन्तुलित भोजनका सबै तत्वहरू पाइन्छन्। #गाईको_दूध खाएपछि शरीरलाई कुनै तत्वको कमी हुदैन भनेर योगी नरहरिनाथले भन्नुभएकोथियो।
यस बिपरित डा. बिआर अम्बेडकरले अनुसन्धान भनेर अनर्गल प्रचार गरेको र आफ्नो कुनै बुद्धि नभएका, अर्काले गरेको अनुवादको एकछेउ पढेर जटिल र गम्भीरअर्थ बोक्ने वेदपुराणादिशास्त्रको मर्यादाविपरित कुतर्क गर्ने कलियुगमा ब्राह्मणको रुपमा जन्म लिएका राक्षसहरूले गरेका टिप्पणिहरू निन्दनीय छन्। वैदिकवाङ्मयमा मात्र होइन, भारतीय संस्कृतिका हिन्दु, बौद्ध, जैन, किराँत सवै धर्ममा गाईलाई अत्यन्त आदर गरिन्थ्यो। गाईका माथि भनिएका विशेषताहरूको कारण गाईलाई अवध्य भनिएकोछ।
‘गोस्तु मात्रा न विद्यते’ ( गाईद्वारा हुने लाभको कुनै गणना हुनसक्दैन) ऋग्वेद। सवै पशुहरू गुणकारी छन् तापनि गाई विशेष छिन्, यसैले पूज्य छिन्। गाईको दुधको गुणको वर्णनको क्रममा अथर्ववेदमा गाईको दुधले बलिष्ठ बनाउछ र बेडोल मोटो शरीरलाई सुन्दर र स्फुर्तिलो बनाउछ भनिएकोछ।
”यूयं गावो मेदयथा कृशं

चिदश्रीरञ्चित् कृणुथा सुप्रतीकम्” (अथर्व ४.२१.२६)

यस्ता गुणहरू रहेकोले गाईलाई पुजनीय बनाएर यसको संरक्षण गर्ने पूर्वजहरूको उद्देश्य थियो। यसैले गाईको शरीरमा सबै देवताहरूको बास हुन्छ भनिएकोछ। तात्पर्य गाईको पुजा पनि होस् र गाईको दुधमा संसारका सबै खाद्यतत्वको गुण पाइन्छ भनेर बुझाउनु हो। सर्वे देवाः स्थिता देहे (बृहत्पाराशस्मृति ३।३३)। महाभारतमा पनि गाईलाई सबै प्राणिहरूको माता भनिएकोछ। किनभने रम्भाएको बेला यसले ‘मा’ शव्दको उच्चारण गर्छिन् र आमा शव्दको उत्पत्ति नै गाईबाट भएको हो। साथै गाईको गहूँत र गोबरमा यक्ष्मारोगका किटाणु मार्ने शक्ति हुन्छ। ‘मातरः सर्वभूतानां गोषु पाप्मा न विद्यते’ (महाभारत)।

बौद्धधर्मग्रन्थमा पनि गाईलाई पुजनीय मानिएकोछ। ‘गावो नो परमा मित्ता’ (ब्राह्मण धम्मिय सुत्त)। परमात्माले सबै ओषधयगुण गाईका शरीरबाट निस्कने सबै पदार्थमा दिएर सृष्टि गर्नुभएको हो। प्राचीनकालमा यक्ष्मा रोगीको उपचार सल्लाघारीमा गाईगोठमा बसेर गोबर र गहूतको गन्धमा सुताएर गरिने प्रचलन थियो। यसरी गाईलाई परमात्माले नै विशेष गुण दिएर सृष्टि गर्नुभएको र मानिस पछि सबैभन्दा विवेकशील प्राणि गाई भएकोले सदैव पुजनीय रहिआएकी छन्।

पश्चिमा फिरङ्गीहरूले भारतमा शासन गर्दा उनिहरूकोभन्दा सभ्य भारतीय संस्कृति देखेकाले विजयको उन्माद देखाउन भारतीय संस्कृतिलाई विकृत पारे। यस कर्ममा शक्तिका पिछलग्गु अमबेडकर जस्ता बिकेका कुख्यातविद्वान् भनिएकाहरूले उनिहरूलाई सहयोग गरे। चौरासीलाख योनिहरू पार गरेर मानव जीवन प्राप्त गर्न गाईको जुनि पाउँछन् भन्ने मान्यता पनि छ। यसैले मरेपछि सबै गाईहरू मानिस बन्छन्, आजैदेखि गाईलाई सम्मान गरेर गोग्रास दिन गाईलाई अवहेलना नगर्न सिकौँ।

(सर्वाधिकार: Harikrishna Paudel )

प्रतिक्रिया दिनुहोस्