ईपीएल खेल्न शाहिद अफ्रिदी काठमाडौ आईपुगे , भने- नेपालको क्रिकेट क्षेत्र माथि उठेको हेर्न चाहेको छु

काठमाडौं , असोज ७ । एभरेष्ट प्रिमियर लिग (ईपीएल)खेल्नका लागि पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्। खेल आगामी शानिबारदेखि सुरु हुने छ ।

बिहीबार त्रिभुवन विमानस्थल झरेका उनलाई ईपीएल आयोजक टीमले स्वागत गरेको छ । नेपाल झरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अफ्रिदीले आफूले नेपालको क्रिकेट क्षेत्र माथि उठेको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् ।

नेपाल क्रिकेटलाई अझै सहयोग र सपोर्टका लागि आफूले ईपीएल खेल्ने निर्णय गरेको अफ्रिदीको भनाइ छ । साथै उनले आफूलाई नेपाल घरजस्तै लागेको र आउन पाउँदा खुसी लागेको पनि बताए ।

व्यक्तिगत कामका कारण फर्कनुपर्ने भएकाले अफ्रिदीले दुईवटा मात्र खेल खेल्नेछन् । अफ्रिदीले ईपीएलमा काठमाडौं किंग्स इलावेनबाट खेल्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्