गायिका इन्दिरा जोशीले गरिन् सुटुक्क इन्गेजमेन्ट, बधाई दिनेको ओइरो ! हेर्नुहोस् तस्बिरमा

काठमाडौं , असोज ८ । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् ।

इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकप्रेमीका लागि चर्चाको विषय बनेको छ । उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका छन् । इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु क्षेत्र पुगेका थिए ।

गायनमा सक्रिय इन्दिरा नेपाल आइडलकी जज थिइन् । इन्गेजमेन्टसँगै अहिले जोशिलाई बधाई दिनेको ओइरो लागेको छ । सामाजिक सञ्जालदेखि लिएर फेसबुकमा उनलाई बधाइ दिनेको आइरो लागेको हामी देख्न सक्छौ. ।

प्रतिक्रिया दिनुहोस्