कामना सेवा विकास बैकको लाभांश घोषणा,कति पाउने भए शेयर धनिले ?

काठमाण्डौ , असोज ८ । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०. ९७ प्रतिशत नगद लाभांश गरि कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रहेको छ। यस अघि माछापुच्छ्र्रे बैक र सानीमा बैकले समेत लाभाशं घोषणा गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्