आलमको मुद्दा फेरि हेर्न नमिल्नेमा

काठमाडौं, असोज ८ । सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएकोमा मुद्दालाई हेर्न नमिल्नेमा राखिएको हो।

आलममाथि ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै ०७७ असोज १२ मा सर्वोच्च पुगेका हुन्।

उनको मुद्दामा पटकपटक पेसी चढे पनि सुनुवाइ भने हुन सकेको छैन। आलमको मुद्दा यसअघि समेत हेर्न नमिल्नेमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्