सानिमा बैंक सेवा अब विराटनगरको कञ्चनबारीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी गरेको छ । बैकले असोज ८ गत बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त शाखाको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गर्नुभएका हो ।

समुद्घाटन् समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । सानिमा बंैकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्