मिठा- मिठा बात नामक आधुनिक नयाँ गितले चर्चा बटुल्दै (हेर्नुहोस् भिडियो)

काठमाडौं, असोज १० । नेपाली बजारमा दिनानुदिन गीत नयाँ -नयाँ गीत बजारमा आइरहेका छन् । गीत आउने क्रममै मिठा, मिठा बात नामक आधुनिक नयाँ गीत पनि बजारमा आएको छ ।

गीतमा थुप्रै विधाका गीतहरुमा आफ्नो आवाज दिएर सबैको लोकप्रिय बन्न सफल गायक प्रताप दास र निहारिका ज्ञावलीको सुमधुर आवाज रहेको छ । गीत आदित्य जोशी युटुब च्यानल मार्फत बजारमा भर्खेरै मात्र बजारमा आएको हो ।

माया प्रेममा आधारित बनेको गितले चर्चा बटुलिरहेको छ । दर्शक श्रोताको प्रतिक्रिया रार्मै आइरहेको छ । गीत पनि निकै राम्रो मनेर बजारमा आएको छ ।

आदित्य जोशिको प्रस्तुति रहेको गीतमा संगीत नन्दा नायरको रहेको छ भने शब्द जोशी आफैको रहेको छ। गीतको म्युजिक भिडियोमा सन्तोश बानिया र निहारिका ज्ञावलीलाई देख्न सकिन्छ ।

साथै गितको भिडियो डी ए आर मुभिजले गरेको छ र गितको निर्देशन प्रभावन जे ले गरेका हुन भने सह– निर्देशन साजन पराजुलीले गरेका हुन् ।  भिडियोको छायाकन ज्ञानेन्द्र हुमागाई र उनको टिमले गरेको हो । गीतको सम्पादन राकेश दाहालले गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्