६ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक

काठमाडौँ , ११ असोज । प्रतिनिधिसभाको आज बसेको बैठक ६ मिनेटमै सकिएको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बैठक केहीबेर चलेर स्थगित भएको हो ।

बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा व्यवधान पुगिरहेकोतर्फ ध्यानाकर्षण गराए ।

उनले सभा सञ्चालनका लागि सहयोग गर्नु हामी सबैको समान दायित्व रहेको भन्दै सभामा आफ्ना कुराहरु राखेर बैठकलाई सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न आ–आफ्ना आसन ग्रहण गरी सहयोग गर्न अनुरोधसमेत गरेका थिए ।

एमाले सांसदहरुको नाराबाजीकै बीच उनले राष्ट्रपतिको कार्यालयबाट विनियोजन विधेयक पारित भएको सम्बन्धी प्राप्त सूचना पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बस्ने गरी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्