आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट सञ्चालनमा आयो

काठमाडौँ , १२ असोज । सोमबार बिहान काठमाडौँको आकाशमा दुई घण्टासम्म फनफनी घुमेको बुद्ध एयरको जहाज आज बिहानैबाट सञ्चालनमा आएको छ । बुद्ध एयरको जहाजमा गडबडी नभएको पुष्टि भएपछि मंगलबार बिहानबाट सञ्चालनमा आएको हो ।

उक्त जहाज अवतरण भएपछि बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका थिए । निरीक्षणपछि जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको बुद्ध एयरको प्राविधिक टोलीले जनाएको छ ।

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । विमान अवतरण हुन लाग्दा दायाँ पट्टिको पाङ्ग्रा नखुलेका कारण केही बेर समस्या आएको विमानस्थल स्रोतले बताएको छ । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्