प्रभु बैंकले करिब ५ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्दै

काठमाडौं , असोज १४ । प्रभु बैंकले करिब ५ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर बढाबढ प्रक्रियाबाट लिलाम बिक्री गर्ने भएको हो ।

संस्थापक सेयरको प्रतिकित्ता मूल्य २०५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा भाग लिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिने पर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद तोकिएको छैन ।

सो सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

सो सेयर खरिद गर्न १७ देखि २५ असोजसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले प्रभु क्यापिटलमा पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।यसमा २५ असोजसम्म आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्