प्रधानसेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं, असोज १४ । प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यातिनीबीच भेटवार्ता भएको छ ।

बिहीबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको सेनाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघ बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाको छ ।

प्रतिक्रिया दिनुहोस्