संसदमा एमालेको निरन्तर अवरोध, असोज १९ गते गतेसम्म स्थगित

काठमाडौं, असोज १४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिवार बसेको प्रतिनिधिसभा बैठकपनि अबरोध गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको जनकारी दिनसाथ एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । एमालेले भदौ २३ यता सभामसखको भूमिका निश्पक्ष नभएको भन्दै निरन्तर अवरोध गर्दै आएको छ।

तर,सभामुख सापकोटाले एमाले सांसदहरुको अवरोधकैबीचमा राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले खारेज गरेको तथा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित गरेको सूचना पढेर सुनाएका थिए ।

एमालेको नाराबाजी र अवरोध जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्