नेप्सेमा ३२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ , असोज १४ । विहिबार नेप्से परिसूचक ३२ अंकको गिरावट आएको छ । आज नेप्से ३२.५१ अंकले बढेर २६३३.४२ विन्दुमा झरेको छ ।

बुधबार सेन्सेटिभ इण्डेक्स ६.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंकले घटेको छ ।

नेप्से सँगै विहिबार कारोबार रकम पनि घटेको छ । आज २२५ कम्पनीको ३ अर्ब ७० करोडको शेयर कारोबार भएको छ भने ७३ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज तीन कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । आज मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र् मैलुंग खोला हाइड्रोको शेयर मुल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज गुडविल फाइनान्सको शेयर सबैभन्दा बढी ६.८६ प्रतिशतले घटेको छ ।

विहिबार म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसूचक बाहेक अन्य सबै उपसूचकको शेयर घटेको छ । जसमा विकास बैंकको सबै भन्दा बढी ३.१८ प्रतिशतले घटेको छ । त्यस्तैहाइड्रो पावर र फाइनान्सको शेयरको मुल्य २ प्रतिशतभन्दा बढीले घटेको छ ।

विहिबार सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको १२ करोड र् अपि हाइड्रोको शेयर १० करोड कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्