इक्वेडर जेलको झडपः मृत्यु हुनेको संख्या ११६ पुग्यो, नियन्त्रण गर्न ४ सय प्रहरी परिचालन

काठमाडौं असोज १४ ।  इक्वेडरको एक कारागारमा मंगलबारबाट सुरु भएको पटकपटकको आपसी झडपमा परी मृत्यु हुनेको संख्या ११६ जना पुगेको छ।

इक्वेडरको ग्वायुकिल सहरको जेलमा भएको उक्त झडपमा परी ५० भन्दा बढी घाइते भएको बीबीसीले जानकारी दिएको छ।

कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा परेर उनीहरु मारिएका हुन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। तर बिहीबार बिहान विस्फोट र बन्दुक पड्केको समेत आवाज सुनिएको स्थानीयले बताएका छन्।

लगातार झडपका शृंखला बढ्दै गएपछि स्थानीय प्रशासनले त्यहाँ ४ सयभन्दा बढी प्रहरी परिचालन गरिएको बताइएको छ।

गत फेब्रुअरी महिनामा पनि यहाँका तीन कारागारमा झडप भएको थियो र त्यसमा परेर ७९ जनाको ज्यान गएको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्