गृह मन्त्रालयले भन्यो- स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रममा बन्देज हुँदैन

काठमाडौं, असोज १५ । गृह मन्त्रालयले संविधान, प्रचलित कानुन र कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको कुनै आदेश र उद्देश्य नरहेको स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र भक्तपुरले जारी गरेका आदेशका विषयमा सार्वजनिक रुपमा व्यक्त अभिव्यक्ति र चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानआकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयहरुले कुनै पनि पर्व, भेला वा जुलुस गर्न नपाइने आदेश जारी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयहरुले हिजो कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने रनगराउने आदेश जारी गरेको थिए ।

यो सूचना जारी भएपछि गृह मन्त्रालयले सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको हो ।

गृह मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ स् ’नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्