बैंक अफ काठमाण्डूले ल्यायो दशैं अफरमा २० प्रतिशतसम्मको नगद फिर्ता

काठमाडौं , असोज १५ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २० प्तिशतसम्म नगद फिर्ता पाउनेछन् ।

दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्