अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाउँदै सुरु भयो एमाले विधान महाधिवेशन

काठमाडौं, असोज १५ । एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ। गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो।

अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो।

कार्यक्रमको सञ्चालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन्। १५–१७ असोजसम्म एमालेको विधान महाधिवेशन हुनेछ । सो महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन पेस गरिनेछ।

कडा सुरक्षा व्यवस्था गरिएको महाधिवेशनको हलभित्र प्रतिनिधिहरू प्रवेश गर्न थालेका छन्। सुरक्षा जाँचसहित देशभरबाट आएका प्रतिनिधिहरूलाई हलमा प्रवेश गराइएको छ।

हलमा प्रवेश गराउँदा तापक्रम मापनदेखि स्यानिटाइजरको प्रयोग गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएको छ। यति ठूलो सहभागितामा एमालेले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो। विधि र नीति निर्माणका लागि केन्द्रित गरेर विधान महाधिवेशन आयोजना गरिएको एमाले नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्