ह्वातै बढ्यो सुनको भाउ, आज कति पुग्यो तोलाको ?

काठमाडौं, १५ असोज । नेपाली बजारमा आज  सुनको भाउ ह्वातै बढेको छ । हप्ताको अन्तिम दिन (शुक्रबार) सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।

केही दिन लगातार घटेको सुनको भाउ आज एकै दिन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । अस्ति भन्दा हिजो तोलामा २ सय रुपैयाँ घटेर हिजो सुनको भाउ तोलामा ८८ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्