यस्तो छ ओलीले विधान महाधिवेशनमा पेश गरेको ४४ पृष्ठको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं, असोज १५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विधान महाधिवेशनमा ४४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा ओलीले पार्टी विभाजनको दोष माधवकुमार नेपालमाथि थोपरेका छन् ।

ओलीले पार्टी विभाजनका लागि मलजल गर्ने काम तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि गरेको आरोप लगाएका छन् । कांग्रेससहितका दलहरूसँग मिलेर सरकार बनाउने योजनासहित प्रचण्डले नेकपा फुटाउने अभियान चलाएको दाबी पनि प्रतिवेदनमा गरिएको छ ।

ओलीले नेकपा प्रचण्ड अस्थिर, अवसरवादी र विभाजनकारी नेता भएको आरोप लगाएका छन् । एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डको सोच र व्यवहारप्रति असहमति रहेको उल्लेख छ । ‘माओवादी केन्द्र, मुलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, प्रतिवेदनमार्फत ओलीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्