भ्रष्टाचार अभियोगमा पालिका अध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

काठमाडौं, असोज १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। तालिम सञ्चालन गरी अनियमितता गरेको भन्दै अख्तियारले मकवानपुर कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अध्यक्ष मुक्तान, सञ्चालक रामकुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको हो।

आर्थिक वर्ष ०७५/ ७६ मा युवा क्षमता विकास तथा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरी उनीहरूले दुई लाख ६० हजार नौ सय रुपैयाँ अनियमितता गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्