प्रकाशमानको प्रश्न : काठमाडौंमा जन्मिएको र गणेशमानको छोरा भन्दैमा म सभापति बन्न नपाउने?

काठमाडौं, १६ असोज ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट आफूलाई सभपाति जिताउन आग्रह गरेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले उपत्यकाबासीले बाहिरबाट आएका नेताहरुलाई मात्र अघि बढाएको भन्दै दुखेसो पोखे ।

नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गरे । ‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई का नेता साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काकाबासीले कहिलेसम्म बोक्ने ?’ उनले प्रश्न गरे ।

उनले १४औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । ‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो,’ उनले भने, ‘अरुको छोराहरुले त अवसर पाएका छन् त ।’

प्रतिक्रिया दिनुहोस्