अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

काठमाडौँ , असोज १६ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरको शनिबार बिहानसम्मको तथ्यांकअनुसारमा अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख २ सय ५८ पुगेको छ ।

क्यालिफोर्नियाको लस एन्जलसस्थित कोरोना खोप केन्द्र । फाइल तस्बिर स् रोयटर्स
त्यस्तै शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ४ करोड ३६ लाखभन्दा बढी नाघेको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २८ दिनमा मात्रै अमेरिकामा कोरोनाबाट ५१ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २८ दिनमा अमेरिकामा ३७ लाख ६० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

शनिबार बिहानसम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ लाख ९० हजार नाघेको छ । त्यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ करोड ४२ लाखभन्दा बढी छ । त्यसैगरी विश्वभर कोरोना भाइरसविरुद्ध ६ अर्ब २६ करोडभन्दा बढी मात्रा खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्