बार्सिलोनामाथि एटलेटिको म्याड्रिडको शानदार जित, लेमार र स्वरेजले गरे गोल

काठमाडौँ , असोज १७ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिकोको घरेलु मैदानमा भएको खेलमा थोमास लेमार र लुइस स्वरेजले एक एक गोल गरेका थिए । लेमारले खेलको २३औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको ४४औं मिनेटमा स्वरेजले एटलेटिकोको अग्रता दोब्बर पारेका थिए ।

योजितपछि एटलेटिको म्याड्रिडको ८ खेलमा १७ अंक भएको छ र लिगको दोस्रो स्थानमा छ भने बार्सिलोनाको भने ७ खेलमा १२ अंक रहेको छ । बार्सिलोनाको यस सिजनमा यो तेस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्