गोदावरीमा एमालेले लेखीलाई भित्र्याउँदै

काठमाडौँ , १७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी आज एमाले प्रवेश गर्ने भएका छन् ।

शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) परित्याग गरेका लेखीसहितको टोलीलाई गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ । लेखीसहितको टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

लेखीले १० वर्षअघि एमाले छाडेर नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि उनी विभिन्न पार्टी हुदैँ पुन एमाले प्रवेश गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्