बढ्यो दशैंको चहलपहल, बजारमा किनमेल गर्नेको भीड

काठमाडौं, असोज १७ । नेपालीहरुको महान पर्व दशैं आउन अब केहिदिन मात्रै बाँकी रहेको छ । बजारमा दसैंका लागि किनमेल गर्नेहरुको भीडभाड बढेको छ। नेपालीहरुको आगनमा महान चाड दशैँ तथा तिहार जस्ता ठुला पर्वहरु नजिकिदै छन् ।

कोरोना महामारीले गत वर्ष सोचे जसरी दशैं तिहार मनाउन पाएन् । सबैको मनमा डर र त्रास थियो तर यो वर्ष भने धुमधामका साथ मनाउने तयारीमा आम नेपाली बासि रहेका छन् । यति बेला किनमेलदेखि लीएर अन्य जोहोगरि दर्शै मनाउने तयारी भइरहेको छ । आफ्नो गाउँघरदेखि टाढा रहेकाहरु पनि फर्कने तयारीमा छन् । टिकटको अग्रीम बुकिङ खुलीसकेकाले पनि अहिले बसपार्कमा टिकक काट्नेको पनि भिड बढेको हामी देख्न सकछौं ।

यता पछिल्लो समय कोरोना संक्रमण घटेसँगै बजारमा चहलपहल पनि त्यतिकै बढेको छ। खाद्यान्न, लत्ताकपडा तथा गरगहना पसलमा किनमेल गर्नेको घुइँचो लागेको छ। काठमाडौंको महाबौद्ध, असन, इन्द्रचोक, न्यूरोडमा विगतको वर्षभन्दा बढी भीडभाड भएको छ ।महामारीका कारण लगाइएको लकडाउनको असहजताले सुनसान बनेका यी क्षेत्रमा चाडबाडको किनमेलले बढाएको चलपहलले पुनर्जीवन पाउने आशा व्यापारीहरूको छ ।

उपत्यका र उपत्यकाबाहिरका व्यापारी चाडपर्वका लागि आवश्यक पर्ने सामान किन्न न्यूरोड र महाबौद्धका होलसेल बजार धाउन थालेका छन् । मीठो खाने र राम्रो लाउने पर्वका रूपमा मानिएको दसैँमा आवश्यक पर्ने लत्ताकपडा, जुत्ताचप्पल, सजावटका सामग्री, खाद्यान्नलगायतका सामान किन्न ग्राहकको भीड बढेको छ ।

यस्तै, ललितपुरको लगनखेल, जाउलाखेल, पाटन तथा भक्तपुरको मुख्य व्यापारी केन्द्रमा पनि चहलपहल बढेको छ। व्यापार गर्नेहरुका लागि दशैं सबैभन्दा ठूलो सिजन पनि हो ।दशैं मनाउन लागि काठमाडौंबाट बाहिर जानेहरुले आफ्ना परिवारका लागि केही न केही नयाँ सामान किनेर लगिदिने भएकाले पनि बजारमा भीड भएको उपभोक्ताहरु बताउँछन् ।

त्यस्तै भृकुटीमण्डप, चावहिल, बौद्ध, गौशाला, माछापोखरी, नयाँ बसपार्क लगायत राजधानीका अन्य स्थानहरु पनि यति भीडभाडमय बनेका छन् । सडक मल तथा सपिङ मलहरुमा मानिसको भीड उत्तिकै छ ।त्यसो त दशैंमा राम्रो लगाउने र मिठो खाने चाहना सबैको हुन्छ ।यसले पनि धैरै अहिले किनमेलमा ब्यस्त छन् ।

यता एकातिर दशैं मनाउन घर जानेहरुलाई सास्ती पनि हुने पनि देखिएको छ । त्यो हो यात्रामा । विभिन्न ठाउँमा सडक अवरुद्ध छन् । यस कारण यात्रा गर्न भने कठिन हुने देखिएको छ ।सडको मर्मत नहुँदा दुर्घटना पनि यहि समयमा बढि हुने गर्दछन्। अत्यधिक वर्षका कारण दर्जनभन्दा बढी सडकको अवस्था अहिले नाजुक रहेको छ । वर्षायाममा लगातार भारी वर्षाका कारण अहिले अधिकांश सडकहरू अवरुद्ध भएका छन् ।

टीकाको उत्तम साइत बिहान १०ः०२ बजे शुभ

यो वर्षको दशैँको टीकाको उत्तम साइत बिहान १०ः०२ बजे शुभ रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको छ ।

त्यस्तै असोज २६ गते मङ्गलवार फूलपाती परेको छ । असोज २७ गते बुधवार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने पनि समितिले जनाएको छ ।

असोज २८ गते बिहीवार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । यद्यपि त्यस दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।

त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । यता दशैंमा हुजे अपराधिक क्रियाकलापलाई दिएर पनि सरकारले सुरक्षा योजना पनि लागू गरेको छ । दसैँ, तिहार र छठलाई केन्द्रित गरेर सुरक्षा योजना लागु गरिएको हो । चाडपर्वमा हुने अपराधका घटना न्यूनीकरण गर्न प्रहरीले विषेश निगरानी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्