एमालेमा वरिष्ठसहित ५ उपाध्यक्ष, १ उपमहासचिव र ७ सचिव राखिने

काठमाडौं, असोज १७ । एमालेको जारी विधान महाधिवेशनमा संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव विष्णु पौडेलले पार्टी पदाधिकारी १५ र स्थायी कमिटी ४५ जना रहनेगरी प्रस्ताव गरेका छन् ।

समूहगत छलफल पछि आएको सुझावहरूको आधारमा पौडेलले जवाफ दिने क्रममा पदाधिकारी र स्थायी कमिटीको संरचनाबारे उल्लेख गरेका हुन् । उनले उक्त प्रस्ताव राख्दा हलमा ताली बजेको छ ।

पौडेलका अनुसार अब अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष रहनेछन् । यसअघि उपाध्यक्षको संख्या तीन प्रस्ताव गरिएको थियो । नेताहरू संख्या बढाउनुपर्ने भन्दै सातजना उपाध्यक्षको माग गरेका थिए । तर, संगठन विभाग प्रमुख पौडेलले अब वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष रहने उल्लेख गरेका छन् ।

त्यस्तै, महासचिव १ जना हुने पुरानो व्यवस्था कायमै छ । पौडेलले यसअघि उपमहासचिव खारेज गर्ने प्रस्ताव ल्याएका थिए । अब उपमहासचिव १ जना कामय गरिने भएको छ । सचिव सात जना राखिने भएको छ । यसअघि सचिवको संख्या ६ प्रस्ताव गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्