आफैंले बढाएको भाडा लागू गर्न माग गदैँ यातायात व्यवसायीःरिङरोडमा ५१८ सवारी ‘होल्ड’

काठमाडौँ , १८ असोज । यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग गरेर काठमाडौंको चक्रपथमा सवारी साधान रोकेर राखेका छन् ।

सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई ट्राफिक प्रहरी महाशाखाले कारवाही शुरु गरेको छ । आइतबार ५४ वटा बसलाई जरिवाना गरिएको ट्राफिक महाशाखाका एसपी सञ्जीव शर्माले जानकारी दिए ।

सोमबार पिक आवरमा चावहिल, ग्वार्को, महाराजगञ्ज, एयरपोर्ट, बालाजु बसपार्क र सीतापाइलामा व्यवसायी आफैंले ५१८ वटा गाडी ‘होल्ड’ मा राखेका हुन् । चालकले गाडी सडक किनारामा राखेर बसेपछि चाबहिलमा यात्रुहरु अवरोधमा उत्रिएका छन् । यात्रु र चालकको बीचमा झडपको अवस्था आएपछि सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

‘चालकहरू गाडी साइड लाएर बसिरहेका छन्’ एसपी दासले भने– ‘आफुखुशी भाडा लिनेलाई हामी कारबाही गर्छौ ।’ यातायात व्यवस्था विभागमा सरकार र व्यवसायीको बीचमा वार्ता जारी छ । व्यवसायी आफैंले भाडा वृद्धि गरेर १५ रुपैयाँ लिँदै आएको रुटमा २० रुपैयाँ, २० रुपैयाँ लिँदै आएको रुटमा २८ रुपैयाँ र यसअघि २५ लिने गरेको रुटमा ३५ रुपैयाँ निर्धारण गरेपछि ट्राफिक प्रहरी महाशाखाले जरिवाना गर्न थालेको थियो ।

अन्तर प्रदेश राजमार्गमा चल्ने सवारीमा २८ प्रतिशत सरकारले नै बृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्