प्रदेश–२ को मुख्यमन्त्रीविरुद्ध जनमत पार्टीको नाराबाजी

काठमाडौँ , १८ असोज । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश –२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको भनी अख्तियारले कागजात नियन्त्रणमा लिएको केही दिनपछि सोमबार जनमत पार्टीले प्रदर्शन गरेको हो । नगरको विभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरुले मुख्यमन्त्री कार्यालयको गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारी पार्टी मधेश छोड, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ भ्रष्टाचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।

प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापा मारेको भन्दै उनीहरुले छानबिन गरी कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्