परिवार सहित चन्द्रागिरि पुगिन राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ , १९ असोज। राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन भन्दै चन्द्रागिरि गएकी छन् । परिवारका सदस्यहरु सहित सोमबार दिउँसो चन्द्रागिरि हिल्स रिसोर्ट गएकी उनी राति उतै बसेकी थिइन् ।

उनी मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेर र लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम छ ।
शितल निवास स्रोतका अनुसार सोमबार राति राष्ट्रपति भण्डारीले टिपीकल नेपाली खाना खाएकी थिइन् । ‘राष्ट्रपति ज्यूको मेनुमा सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात थियो ।’

छोरीहरुसहित उनी सोमबार दिउँसो दुई बजे चन्द्रागिरि पुगेकी थिइन् । सुरक्षा स्रोतका अनुसार चन्द्रागिरि पुग्न उनलाई हायस माइक्रोबसको व्यवस्था गरिएको थियो ।

कारगेड सुरक्षासहित यात्रा गर्दा ट्राफिक जाम हुने र अन्य यात्रुहरुले सास्ती पाउने भन्दै उनलाई माइक्रो बस चढाएर चन्द्रागिरि पुर्याइएको शितल निवास स्रोतले बतायो ।

 

प्रतिक्रिया दिनुहोस्