कसरी चिप्लियो त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज ?

काठमाडौं, असोज १९ । काठमाडौंबाट नेपालगञ्ज जाने क्रममा रहेको श्री एयरलाइन्सको जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलको धावनमार्गमा जाने क्रममा चिप्लिएको छ ।

यात्रु लिएर जान लागेको जहाँज पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा चिप्लिएको हो ।

विमानस्थलमा कार्यरत एक सुरक्षा अधिकारीले भने,“धावनमार्गमा जाने क्रममा पछाडिको टायर चिप्लियो । धावनमार्गकै लेवलमा रहेको माटोमा चिप्लिएको हो । अहिले इञ्जिनयरहरुले जहाज निकालिसकेका छन् । सबै अवस्था सामान्य छ ।”

नाइन एन एएनएफ कलसाइनको क्यू ४००–८ जहाज काठमाडौंबाट नेपालगञ्ज जाने क्रममा चिप्लिएको हो । बिहान ८ बजे उड्नुपर्ने जहाज ‘डिले’ भएर साढे ९ बजे उडान भर्ने तयारीमा थियो ।

केहिदिन अघि मात्रै बुद्ध एयरको जहाज ठुलो दुर्घटना हुन बाट जोगीएको थियो ।

प्रतिक्रिया दिनुहोस्