एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त

काठमाडौं , असोज १९ । एनएमबि बैंकले लोकप्रिय नायक पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।

बैंकले शाहसँग द्विपक्षीय समझदारी गरेको छ । शाहले बैंकको व्यवसाय प्रवर्धनमा सहयोग गर्नेछन् । शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यता एनएमबि बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको शाहले बताएका छन् । साथै उनले बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्