हराएका २१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, असोज १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट हराएका २१ वटा मोटरसाइकल र स्कूटर सवारी धनीलाई जिम्मा लगाएको हो।

हराएका मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक ९एसएसपी० जनक भट्टराईले हराउनु भन्दा पहिले नै सवारी चालकहरू सतर्क रहनुपर्ने बताए।

उनले हराएपछि प्रहरीले खोज्ने र बुझाउने प्रक्रिया धेरै भइसकेको भन्दै अब सवारीसाधन चालकहरूले आफ्नो सवारीसाधन कस्तो ठाउँमा छ र कसरी हराउन नदिने भनेर सोच्नुपर्ने बताए। उनले ट्राफिक प्रहरीले पनि सवारीसाधन हराउन नदिनका लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्धता दोहो¥याए।

प्रमुख भट्टराईले भने, ‘हराउने र यसको खोजि हुने, फेरि सवारी चालकहरुलाई बुझाउने यो क्रम लामो समयदेखि चलिरहेको छ। अहिले पनि त्यही अवस्थामा छौँ। तर हामी अब मोटरसाइकल खोज्ने हस्तान्तरण गर्ने मात्र होइन, मोटरसाइकल नै हराउन नदिन केही उपाय खोजिरहेका छौँ। मोटरसाइकल हराउन नदिन के गर्ने भन्नेबारेमा हामी अलिकति सोच्ने, चिन्तन गर्ने कुरा छ। हराउने फेरि ल्याएर बुझाउने र चोर्नेलाई कारबाहीको दायरामा ल्याउने मात्रै होइन, हराउनै नदिन के गर्ने भनेर सोच्नुपर्छ।’

प्रमुख भट्टराईले मोटरसाइकल हराउन नदिनका लागि प्रहरी मात्रै नभएर मोटरसाइकल धनी पनि त्यत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताए। उनले अब सवारीसाधन हराउन नदिनका लागि चालक र ट्राफिक प्रहरीले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याए।

प्रतिक्रिया दिनुहोस्