शेयर बजार ४१ अङ्कले बढ्यो, कारोबार रकम भने बढ्न सकेन

काठमाडौं, असोज १९ । हिजो सोमवार र अस्ति आइतवार घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ८४ अङ्कले बढेर दुई हजार ६ सय १२ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंक समूहको एक सय ४० अङ्कले, जलविद्युतको ६० अङ्कले, फाइनान्सको ८७ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३६ अङ्कले बढेको छ ।

यस्तै होटलको ३६, जीवन बीमा समूहको तीन सय सात, निर्जीवन बीमा समूहको दुई सय ६५, उत्पादन समूहको एक सय सात र अन्य समूहको शेयर ११ अङ्कले बढेको छ । शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ ।

हिजो तीन अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज जम्मा दुई अर्ब ९९ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज दुई सय २३ कम्पनीका ४१ हजार कारोबारबाट ५८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको १३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज मल्टिपर्पोज फाइनान्स, हिमालयन पावर पार्टनर र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनआईसी एसिया लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्