झन्डै ३ लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डौबाट १९ जुवाडे पक्राउ

काठमाडौं, असोज २१ । झन्डै तीन लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डौबाट १९ जना जुवाडे पक्राउ परेका छन् ।

बाफलमा रिजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले छापा मार्दा दुई लाख ८६ हजार रुपैयाँसहित १९ जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ४८ हजार रुपैयाँका दुई वटा चेक, तास, कौडा लगायतका सामग्री पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनीहरूको जुवातास खेल्ने सञ्जाल नै रहेको शङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दशैं तथा तिहारमा विभिन्न ठाउँमा जुवाडेहरु पक्राउ पर्ने क्रम बढ्ने गर्छ । यसका लागि नेपाल प्रहरी चनाखो भएर लाग्ने पनि गरेको छ। -फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्