एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति

काठमाडौं, असोज २१ । नेकपा एमालेले सार्वजनिक गरेको नयाँ लोगोप्रति नेकपा ९माओवादी केन्द्र०ले आपत्ति जनाएको छ। एमालेले आफ्नो पार्टीको चुनाव चिह्नसँग मिल्ने खालको लोगो बनाएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको हो।

एमालेले गत असोज १५, १६ र १७ मा गरेको विधान महाधिवेशनबाट पार्टीको नयाँ लोगो सार्वजनिक गरेको थियो। उक्त लोगोमा सूर्यभित्र हँसिया हथौडा अंकित गरिएको छ। माओवादीले आफूहरूको चुनाव चिह्न, गोलाकारभित्रको हँसिया हथौडासँग मिल्दो लोगो एमालेले प्रयोग गरेको दाबी गरेको छ।

यता माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एउटा दलको चुनाव चिन्ह अर्कोले प्रयोग गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।  निर्वाचनले कानुन अनुसार एउटा दललाई दिई सकेको चुनाव चिन्ह अर्को दलले चुनाव चिन्ह वा लोगोको रुपमा प्रयोग गर्न नमिल्ने उनी बताउँछन् ।

गोलाकारभित्रको हँसिया हथौडाअंकित चुनाव चिह्न माओवादी केन्द्रले प्रयोग गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्