भैरहवालाई ७ विकेटले हराउँदै पोखरा ईपीएलको फाइनलमा

काठमाडौं, असोज २१ । पोखरा राइनोज एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज बिहीवार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई सात विकेटले हराउँदै पोखरा उपाधि नजिक पुगेको हो ।

आज त्रिवि क्रिकेट मैदानमा भैरहवाले दिएको एक सय २० रनको सामान्य लक्ष्य पोखराले मात्रै तीन विकेट गुमाएर आठ बल अगाडि नै भेटायो । भैरहवाका लागि शान अराछिगेले अविजित ५३ रन र विपिन रावलले ४० रन बनाए । बलिङतर्फ भैरहवाका भुवन कार्कीले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर एक सय १९ रन बनायो । उसका लागि शरद भेषवाकरले अविजित ३२ र आरिफ शेखले २७ रन बनाए । बलिङतर्फ शान अराछिगे र किशोर महतोले दुईरदुई विकेट लिए । ्

पोखराले अब उपाधिका लागि चितवन टाइगर्ससँग खेल्नेछ । फाइनल खेल पर्सि शनिवार दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्