जसपाले बुझायो मन्त्रीको लिस्ट, कसलाई कुन मन्त्रालय ?

काठमाडौं, असोज २२ । जनता समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहलाई मन्त्री बनाउने भएको छ।

स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने भएका छन्।

मन्त्री हुनेहरूको लिस्ट अध्यक्ष  उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्