जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने

काठमाडौं, असोज २२ । काठमाडौंबाट नजिकको पर्यटकिय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने भएको छ ।

शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवा सम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो ।जुन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन भएको सञ्चालकको दावी छ ।

यो जिपलाईले मणिचुड धार्मिक र जर्सिङपौवा रमणिय क्षेत्र भएकोले धार्मिक र अन्य पर्यटकलाई जोडन् सघाउ पुर्याउने शंखारपुर नगरपालिकाका प्रमुख शुबर्ण क्षेष्ठले बताएकाछन् ।मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मीक कुण्ड रहेको उनको भनाई छ ।

त्यस्तै धार्मी र अन्य रमणिय क्षेत्रलाईलाई जोडन सडका मार्गको उस्तरोन्ती गरिने उनले बताएका छन् । यो जिपलाईने यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भुमिका लेख्ने र राजधानीबाट नजिकको र नेपालकै उत्कृष्ठ मौरम रहेको सञ्चालक नविन हुमागाईले बताएका छन् । यो जिपलाईने यस क्षेत्रका नागरिकको आर्थिक स्थितिमा समेत सुधार आउने उनको विश्वास छ ।

जिपलाईन पछिल्लो समय पर्यटकलाई अक्रषण गर्ने प्रमुख माध्यम भएपनि उपकरण लगाय दक्ष्य जनशक्तिको भने अभव रहेको छ । एसियाकै लामो जिपलाईन बाउनु आफैमा चुनौतिपूर्ण भएको निमार्ण कम्नीले जनाएको छ ।

उपकरण देखि दक्ष्य जनशक्ति समेत भारत लगायतका तेस्रो मुलुक बाट ल्याउनु पर्ने भएकोले निमार्ण कार्य निकै चुनौतिपूर्ण रहेको निमार्ण कम्पनीले जनाएको छ । ८ करोड लागतमा बन्न लागेको लागेको जिपलाईन ६ महिना भित्र सञ्चालनमा आउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्