थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि , १० को मृत्यु

काठमाडौं, असोज २२ । नेपालमा थप ८०५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६६७ र एन्टीजेन परिक्षणबाट १३८ गरि कुल ८०५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९९१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६।६ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २४२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७२६४ पिसिआर र ३४०८ नमुना एन्टीजेन परिक्षण गरि कुल १० हजार ६७२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ९४२ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार २१४ जना रहेका छन् भने होम आइसोलेसनमा १४ हजार ७२८ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ३२९ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्