प्रधानमन्त्री देउवा भन्छन् -सरकारमा महत्वपूर्ण साथी छुटे, आउँदा दिनमा समेटिने छन्

काठमाडौं, असोज २३ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्वपूर्ण नेताहरू छुटेका बताएका छन् ।

‘हिजो मात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौ’, स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित विश्वेश्वरप्रसाद कोइराला स् शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘आगामी दिनमा साथीहरूलाई समेटिने छ ।’ प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए तर राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ ।

प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले गम्भीर आपत्ति जनाएका छन् । स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरका अनुसार पुस्तकमा १०८ लेख संग्रहित छन् ।

प्रतिक्रिया दिनुहोस्