उपत्यकामा ३२ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा

काठमाडौं , असोज २३ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ । असोज मसान्तमा कुल जनसंख्याको ३२ प्रतिशत जनसंख्यालाई लक्ष्यअनुसार नै खोप लगाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभर पहिलो मात्रा ४० प्रतिशत र पूर्ण मात्रा ३२ प्रतिशतलाई लगाइएको जानकारी दिए। उनका अनुसार पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्ण मात्रा ६९ लाख ६२ हजार १६४ जनालाई खोप लगाइएको छ । १८ वर्ष भन्दामाथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ ।

यस्तै, उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्ण मात्रा ७४ प्रतिशतलाई लगाइएको छ । सहप्रवक्ता डा। अधिकारीका अनुसार पहिलो मात्रा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्