प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

काठमाडौं, असोज २४ । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् । उनको सचिवालयका अनुसार त्यसका लागि उनी बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आज आयोजना हुने गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे९सम्बोधन गर्नेछन् । यसपछि दिउँसो ३ बजे पोखरा–१७ मा चियापान एवं अन्य कार्यक्रममा सरिक हुने कार्यतालिका छन् ।

लगत्तै प्रधानमन्त्री देउवाले अपराह्न ५ बजेपछि राष्ट्रबैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन् ।

यसपछि प्रधानमन्त्री देउवाले भोलि सोमबार बिहान ९निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्