तालिवान र अमेरिकाबीच पहिलो पटक भेटवार्ता

काठमाडौं, असोज २४ । अफगानिस्तान निकासीपछि तालिवानका वरिष्ठ नेता र अमेरिकी प्रतिनिधिबीच पहिलोपटक भेटवार्ता भएको छ ।

अफगान कुटनीतिज्ञाका अनुसार दुई देशबीचको सम्बन्धको नयाँ अध्याय सुरु गर्न दुवैबीच शनिबार पहिलो पटक कतारमा भेटवार्ता भएको हो ।

दुवै पक्षबीचको भेटको मुख्य उदेश्य मानवीय सहायता र तालिवानसँग गतवर्ष भएको सम्झौता कार्यान्वयनको लागि रहेको अफगानिस्तानका विदेशमन्त्री मुल्ला अमिर खान मुताकीले बताएका छन् ।

साथै अमेरिकाले अफगान नागरिकको लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध पनि गराउने भएको छ ।हालै भएको यो भेटले दुई पक्षीय सम्बन्धमा नयाँ अध्याय सुरु हुने अपेक्षा राखिएको छ । तर अ‍ेमेरिकाले अफगानिस्तान सरकारलाई कमजोर भने गर्न पाउने छैन ।

अफगानिस्तानको आर्थिक सहयोगका लागि तालिवानले अन्य अन्तर्राष्ट्रिय निकायसँग पनि भेट्ने बताइएको छ । करिब २० वर्ष लामो अफगानिस्तान मिसनको अन्त्यको घोषणा गर्दै गत अगष्ट ३१ मा आफ्नो सेना झिकाएपछि अमेरिका र तालिवानबीच भएको यो पहिलो भेट हो।

अमेरिकाको सैन्य निकासीपछि तालिवानले सत्ता कब्जामा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्