भीम रावलको प्रश्न- गजेन्द्र हमाललाई मन्त्री बनाउनेहरूले अब नैतिकता देखाउने आँट गर्ने कि नगर्ने ?

काठमाडौंअसोज २४ । नेकपा एमालेका नेता भीम रावलले गजेन्द्र हमाललाई मन्त्री बनाउनेहरूले अब नैतिकता देखाउने आँट गर्ने कि नगर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको बताएका छन् ।

‘व्यापक विरोधपछि मन्त्री गजेन्द्र हमालले राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रम देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न ?  निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएका छन्,’ ट्वीटरमा उनले लेखेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्री बनेका गजेन्द्र हमालले व्यापक आलोचना भएपछि आइतवार राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्