पूर्वडीआईजी रमेश खरेल राजनीतिमा , गरे नेपाल सुशासन अभियानको घोषणा

काठमाडौं , असोज २४ । दुई दिनअघि नयाँ दल दर्ता गरेर सक्रिय राजनीतिमा होमिने घोषणा गरेका नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन अभियानको सुरुवात गरेका छन् ।

आइतबार काठमाडौंको शान्ति वाटिकामा पत्रकार सम्मेलन गर्दै खरेलले अभियानको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले दलहरूले नेपाललाई अफगानिस्तान, सुडानजस्तो बनाउन लागेको आरोप लगाए ।

तीन करोड नेपालीले सहकार्य गरेर पाँच वर्षमा परिवर्तन ल्याउन सकिने उनको भनाइ छ । “यो देशमा मन्त्री बन्न पनि भागबन्डा लाग्नुपर्छ, तीन महिनासम्म मन्त्री दिन सरकार सक्दैन,” उनले भने, “हामी पाँच वर्षमा परिवर्तन गरेर देखाउँछौँ, हामी परिवर्तन चाहन्छौँ, अब परिवर्तन ल्याउँछौँ ।”

दुईतिहाइ बहुमत दिएर दलहरूलाई जिताउँदा पनि देशमा परिवर्तन आउन नसकेको उनको भनाइ रहेको छ । जनता सचेत नभए देश गम्भीर दुर्घटनामा पर्ने उनले उल्लेख गरे ।

अहिलेको सरकारले एकजना नेपालीको टाउको ५७ हजार रुपैयाँ ऋण पु¥याएको भन्दै उनले विकास र विदेशीले दिएको पैसामा पनि कमिसनखोरी हावी भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्